भारतको रेड लाइट एरियामा नाबालिग बेचबिखन गर्ने म्याग्दीकी एलिना पक्राउ
काठमाडाैं | जेठ २, २०८०
काठमाडौं: भारतको आसाममा नाबालिग बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ३० वर्षीया अप्सरा भनिने एलिना खत्री रहेकी छिन् ।
खत्रीलाई अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट पक्राउ गरेको हो ।
पीडित नाबालिगलाई नुवाकोटबाट काठमाडौं बसमा जाने क्रममा बसमा सँगै रहेका एक पुरूषले बेहोस हुने औषधि मिसावट खानेकुरा र पानी खुवाएर भारत लगिएको अनुसन्धानबाट खुलेको छ ।
बेहोस भएपछि ति नाबालिगलाई भारतको आसामस्थित कछर सिल्चर भन्ने ठाउँको रेड लाइट एरियामा बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिगको उद्दार गरिएको थियो ।
पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरी जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

